माग पूरा नहुन्जेल आन्दोलन जारी : मिटरब्याज पीडित
२२ बैशाख, काठमाडौँ : तराईका विभिन्न जिल्लाबाट आई आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितहरूले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन्।
काठमाडौंको शान्तिवाटिकामा उनीहरूले धर्ना जारी राखेका हुन्। तराईका नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरूले धर्नालाई निरन्तरता दिएका छन्। उनीहरूले आफ्ना माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै एक मिटरब्याज पीडतले राजनीतिक रूपमा दृष्टिबन्धक, तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने बताए। उनले यी सबै कुराको क्षतिपूर्ति व्यहोर्नुपर्ने बताए।
अहिले सबैभन्दा ठूलो समस्या मुद्दा परिरहेकाले मुद्दा स्थगित हुनुपर्ने र मुद्दा छिनोफानो भइसकेको भए पुनरावेदन हुनुपर्ने, पक्राउ पुर्जी रोक्नुपर्ने माग आफूहरूको रहेको बताए।
उनीहरूले जेलमा भएका पीडितहरूलाई ससम्मान रिहा गर्नुपर्ने माग गरे।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam