कोशी खेलकुदका सदस्यसचिवलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण
२२ बैशाख, विराटनगर : कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई स्पष्टीकरण सोधेको छ।
प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा वैशाख १४ गतेदेखि १६ गतेसम्म दमकमा भएको प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा कोशी प्रदेश लेखिएको ब्यानर नराखेको भन्दै मन्त्रालयले सदस्यसचिव वाग्लेलाई स्पष्टीकरण सोधेको हो।
वैशाख १७ गते स्पष्टीकरण सोधेको मन्त्रालयले १९ गते प्रभु बैंकलाई पत्राचार गर्दै सामाजिक विकास मन्त्रालयले खाता रोक्का गरिदिन भनेको छ।
वाग्लेलाई तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिव नियुक्त गरेका थिए। पूर्व मुख्यमन्त्री भीम आचार्यले नियुक्त गरेका पर्शुराम बस्नेतलाई हटाएर राईले वाग्लेलाई नियुक्त गरेका थिए।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam