सूचनाको महत्त्व अझै बुझ्न सकेनौँ : सभामुख घिमिरे
२२ बैशाख, काठमाडौँ : सभामुख देवराज घिमिरेले सूचनाको हकको महत्त्व बुझ्न नसकेको बताएका छन्। शुक्रवार राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सभामुख घिमिरेले सूचनाको आमनागरिकका सूचनाको अधिकार प्राप्त हुनुपर्ने बताए। उनले सूचनाको हक सबैले पाउनुपर्ने कुरा व्यवहारमा कार्यान्वयन गर्ने र प्रभावकारी बनाउने कुरामा सबै सरोकारवाला निकायले जोड दिनुपर्ने उल्लेख गरे।
उनले सूचनाको पहुँच जति धेरै जनतामा पुग्छ त्यति नै प्रजातन्त्रको प्रभावकारी रूपमा कार्यान्वयन हुने बताए। उनले सूचना पाउने अधिकार प्रजातन्त्रको प्राण भएकाले सम्बन्धित निकायबाट पाउने सेवा, सुविधाको सूचना समाजमा विस्तार गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘हाम्रो देशमा पनि अहिलेको लोकतन्त्र र गणतन्त्र उपभोग गर्ने सन्दर्भमा संविधान निर्माण गर्नुभन्दा केही अघिदेखि सूचनाको हक स्थापित गरेका छौँ। मौलिक हकको रूपमा राख्यौँ। यसको महत्त्व आत्मसात गर्ने कुरामा केही अभाव छ।’
जनतामा कुनै पनि कुराको जानकारी राख्ने अधिकार र हक कम रहेको उनले बताए। सार्वजनिक गरिएका कुराको आमसरोकारको विषय भएर बुझ्ने त्यसमा हक स्थापित गर्ने कुराको अभाव भएको उनले बताए।
सभामुख घिमिरेले सार्वजनिक गरिएका विषयहरूको सूचना नागरिक स्तरमा विस्तार गर्न आवश्यक रहेको र जनताको सूचना पाउने हक सुनिश्चित हुनुपर्ने बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam