कँडेल आत्महत्या प्रकरणको अनुसन्धानमा कुनै कमी नहोस् : रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले चितवनका व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणले आफूलाई दु:खी बनाएको बताएका छन्। उनले आफू मृतकको परिवारसँग निरन्तर संवादमा रहको र प्रशासनसँग निरन्तर समन्वय गरिरहेको बताएका छन्।
सामाजिक संजालमा एक स्टाटस लेख्दै लामिछानेले उक्त घटनाको अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको उल्लेख गरे।
‘घटनामा राजनीतिको रंग नपोतियोस् भनेर सचेत छु। म सत्य,न्याय र पीडितको पक्षमा छु। प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु। आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द हड्ताल केही नहोस् भनेर संयम पुर्वक सबै घटनाक्रमलाई नजिक बाट नियाली रहेको छु’, उनले लेखेका छन्, ‘म जिम्मेवार जनप्रतिनिधिको भुमिका निरन्तर निर्वाह गरीरहेको छु। चितवनले एउटा असल मानिस गुमाएकोमा अत्यन्तै दुखी छु। परिवारलाई सहन सक्ने शक्ति मिलोस् भनी निरन्तर प्रार्थना गरिरहेको छु।’
व्यवसायी कँडेल गत मंगलबार भरतपुरमा मृत फेला परेका थिए।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…



ghanashyam