बालकृष्ण खाणबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
२८ बैशाख, काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्दैछ। बैठक पार्टीका सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा दिउँसो २ बजे बस्ने सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
बैठकमा पदाधिकारीसहित पूर्वपदाधिकारी पनि सहभागी हुनेछन्। पार्टीका प्रभावशाली नेता बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाइएको हो। यसअघि बुधबार बसेको पदाधिकारी बैठकमा पनि खाणका बारेमा प्रारम्भिक छलफल भएको थियो।
बुधबारको बैठकमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्न प्रस्ताव गरेका थिए।
बिहीबारको बैठकले खाणलाई निलम्बन गर्नसक्ने अनुमान गरिएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam