‘विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणलाई छुट्टै मन्त्रालय बनाउनुपर्छ’
२८ बैशाख, काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणलाई मन्त्रालय बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
बिहीबार ललितपुरमा आयोजित राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू सरकारमा सहभागी हुँदा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणलाई एउटा छुट्टै मन्त्रालय बनाएर जाने प्रयास गरे पनि सफल हुन नसकेको बताए।
उनले प्राधिकरणलाई गृह मन्त्रालयअन्तर्गत नभई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने कुरा पनि सफल हुन नसकेको स्पष्ट पारे। उनले अब विपद्जन्य गतिविधिहरु बढ्ने भएकाले पूर्वतयारीका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए।
उनले सबैभन्दा पहिला शारीरिक अशक्तता भएकाहरुलाई सुरक्षित गर्नुपर्ने आवश्यकता रहेको र अन्य नागरिकलाई पनि पूर्वसूचनाको विस्तार गर्न आवश्यक रहेको उल्लेख गरे।
उनले भने, ‘विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरण शक्तिशाली प्राधिकरण बनाउन लागेका थियौँ। त्यो प्राधिकरणलाई गृह मन्त्रालयअन्तर्गत नभई प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने कुरा गरेका थियौँ। अझ त्यो भन्दा अघि बढेर त्यसलाई मन्त्रालय बनाउन खोजेका थियौँ। मैले प्रस्ताव राखेको थिएँ, १५ वटा भन्दा धेरै मन्त्रालय बनाउन नपाउने र २५ जनाभन्दा बढी मन्त्रिमण्डल नहुने भनेर धान्न नसक्ने भनेकाले त्यो सम्भव हुन सकेन। प्राधिकरण बन्यो, त्यसपछि त्यसको २ वर्षपछि ऐन बन्यो, २०७४ मा नियमावली बनाउन अर्को दुई वर्ष लाग्यो, तर सिइओ नियुक्ति अर्को डेढ वर्ष लाग्यो, यो भनेको गृहमन्त्रालयको धेरै काम भएकाले हो, यो गृह मन्त्रालयलाई भकारीमा नाम्लो लाइदिएजस्तो भयो।’
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरणका लागि बेलैमा पूर्वरणनीति बनाएर अघि बढ्न आवश्यक रहेको बताए।
उनले विगतमा सिकेको अनुभवलाई रणनीति बनाएर अघि बढ्नसके विपद्बाट जनधनको क्षति हुनबाट रोक्न सकिने उल्लेख गरे। उनले गीत, संगीत र भिडियोको माध्यमबाट गाउँगाउँमा सचेतना फैल्याउनुपर्ने बताए।
कार्यकारी प्रमुख पोखरेलले शारीरिक अशक्त भएकाहरुलाई सबैभन्दा पहिला विपद्जन्य अवस्थाका बारेमा सचेत र सूचना दिनुपर्ने बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam