सुदूरपश्चिम प्रदेश सरकार आज विस्तार हुँदै
६ जेठ, काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकार शनिबार विस्तार हुने भएको छ। शुक्रबार नै गर्ने भनिए पनि सत्तारुढ दलबीच सहमति नजुटेपछि शनिबार मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो।
सुदूरपश्चिममा अहिले चार मन्त्रालय मन्त्रीविहीन छन्। छलफलमा माओवादीले र नागरिक उन्मुक्तिले २/२ र नेपाली कांग्रेसले १ मन्त्रालयको दाबी गरेका थिए। चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न नसकेको हो।
बिहान ११ बजे शपथग्रहणको तयारी रहेको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए। उनका अनुसार माओवादी केन्द्रबाट झपटबहादुर साउद र रमेश सिंह धामी मन्त्री र गीतादेवी माल राज्यमन्त्री बन्ने छन्। कांग्रेसले पनि एक जनाको नाम टुंगो लगाउन बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेसले पृथ्वीबहादुर सिंहलाई मन्त्री बनाउने तयारी गरेको छ। कांग्रेस र माओवादीले नागरिक उन्मुक्तिलाई एक मन्त्रालयमा मनाउने प्रयास गरिरहेका छन्। ऊ सहमतिमा नआए पनि कांग्रेस र माओवादीका मन्त्रीले शपथ लिने भट्टले जानकारी दिए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam