नागरिक उन्मुक्ति पार्टीले घोषणा गरेको नेपाल बन्द फिर्ता
६ जेठ, काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले आज शनिबारदेखि १० गतेसम्म गर्ने भनेको नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ।
पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले शुक्रबार विज्ञप्ति निकालेर बन्द कार्यक्रम फिर्ता लिएको जानकारी दिएका हुन्। संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको भन्दै पार्टीले जेठ ६ गतेदेखि गर्न लागेको बन्द फिर्ता लिएको पार्टीले जनाएको छ।
‘सरकार पक्षबाट सम्माननीय प्रधानमन्त्रीज्यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भइसकेको लगायत अन्य राजबन्दीको रिहाइ कानून संशोधन गरेर भए पनि निकाल्ने प्रतिबद्धता संसदमै जाहेर गर्नुभएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महशुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam