ए डिभिजन लिग : आज थ्रीस्टार र सातदोबाटो क्लबबीच प्रतिस्पर्धा
६ जेठ, काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार एक मात्रै खेल हुने भएको छ।
१९औँ चरणको अन्तिम खेलमा आज थ्रीस्टार र सातदोबाटो क्लबबीच प्रतिस्पर्धा हुने भएको हो। यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुनेछ।
१८ खेलबाट दुवै टोलीले समान २६ अंक जोडेका छन्। सातदोबाटो चौथो र थ्रीस्टार पाँचौ स्थानमा छन्। दुवै टोली यो खेलमा जित निकाल्दै उपाधिको दाबेदारी बलियो बनाउन चाहन्छन्।
अहिले चर्च ब्वाइज युनाइटेड ३६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने जावलाखेल युथ ३२ अंकसहित दोस्रो स्थानमा छ। ३१ अंक जोडेको साविक विजेता मच्छिन्द्र तेस्रो स्थानमा छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam