राणाकालीन दरबार संरचना नारायण भवनको अस्तित्व मेटिँदै
११ जेठ, काठमाडौं : ललितपुरको जावलाखेलमा जुद्ध शमशेरले उनका कान्छा छोरा नारायण शमशेरका लागि निर्माण गरिएको राणाकालीन दरबार संरचना नारायण भवन जीर्ण बन्दै गएको छ। विसं २०७२ को भूकम्पपछि जीर्ण बन्दै गएको उक्त भवनमा अहिले बोटबिरुवा उम्रेका छन्। अबको दिनमा नारायण भवनको भविष्य के हुने हो कसैलाई थाह छैन।
भूकम्पका कारण राणाकालीन दरबार संरचना नारायण भवनको पूर्वतिरको भाग पूरै भत्केको छ। छाना भत्किन लागेको छ। पीपल, उत्तिसलगायतका बिरुवा उम्रेर र भवनको अस्तित्व हराउँदै गइरहेको छ। ऐतिहासिक दरबार संरचनाको पुनःनिर्माणको लागि कुनै पनि जिम्मेवारी निकायबाट पहल भएको छैन।
पुनःनिर्माणका लागि पुरातात्विक विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्राचार गरेको तर ऐतिहासिक दरबार संरचना नारायण भवन निर्माणका लागि पहल नगरेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका व्यवस्थापन अधिकृत उदय खनालले दुखेसो पोखे।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका एक कर्मचारीका अनुसार, नारायण भवनमा विसं २०५१ देखि महिला विकास प्रशिक्षण केन्द्रको कार्यालय त्यहाँ रहेको थियो। महिला विकास प्रशिक्षन केन्द्रकोे कार्यालय त्यहाँबाट अर्को ठाउँमा सरेपछि राष्ट्रिय पञ्जीकरण विभागको कार्यालयल त्यहाँ थियो। विसं २०७२ को भूकम्पले ऐतिहासिक दरबार संरचनामा क्षति पुर्याएपछि राष्ट्रिय राष्ट्रिय पञ्जीकरण विभाग त्यहाँबाट अर्को ठाउँमा सर्न बाध्य भएको थियो।
राणाकालीन दरबार संरचना नारायण भवनअन्तर्गतको १६ रोपनी १४ आनामा फैलिएको जग्गा हाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्वामित्वमा छ। नारायण भवन, स्टिल टावर र त्यहाँ छेवमै रहेको नर्सरीलाई स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले भाडामा दिएको छ।
विसं २०७६ चैत ५ गतेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्वामित्वमा रहेको महिला विकास प्रशिक्षण केन्द्रको भवन, चमेना गृह र प्रशिक्षण हल तालिम परियोजनका लागि मात्र प्रदेश सुशासन केन्द्रलाई हस्तान्तरण गरेको सूचना अधिकारी कृष्णप्रसाद भट्टराईले जानकारी दिए।
दिनप्रतिदिन जीर्ण हुँदै गएको राणाकालीन दरबार संरचना भत्किँदै गएको छ। घाँसले छोपिँदै गएको छ। संरक्षण नभएको कारण त्यहाँका काठ र अन्य सामान विस्तारै चोरी हुँदै गएका छन्। अस्तित्व हराउँदै गएको छ। सरकारले ऐतिहासिका संरचनाको पुनःनिर्माणका लागि पहल अझै गर्न सकिरहेको अवस्था छैन। हाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठा नारायण भवन पुनःनिर्माणको प्रतिक्षामा छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam