टी- २० खेल्ने नेपाली महिला टाेली घाेषणा, तीन नयाँ अनुहार
१२ जेठ, काठमाडौं : मलेसियासँग हुने पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार तीन नयाँ अनुहार समेटेर रुबिना क्षेत्रीको कप्तानीमा १४ जनाको टोली घोषणा गरेको हो। ब्याटर सम्झना खड्का, स्पिनर कृतिका मरासिनी र तीव्र गतिकी बलर ईश्वरी विष्ट पहिलोपटक टोलीमा समावेश भएका हुन्।
नेपाली महिला क्रिकेट टोलीले करिब एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले मलेसियामा नै गत वर्षको जुन १७ देखि २५ सम्म एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप खेलेको थियो ।
खेल यही मे २९ देखि जुन ४ सम्म हुने मलेसियामा हुने तय भएको छ। नेपालको प्रशिक्षकमा सामसनजङ थापा छन्।
यी हुन् नेपाली टोलीका सदस्य
रुविना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरी।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam