जनताको मन छुने काम गर्छुः मन्त्री आचार्य

शिवराज अनलाइन, कृष्णनगर ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आर्चायले जनताको मन छुने किसिमको काम गर्ने बताएका छन् । उनले खासगरी अति विपन्न, गरिब घर परिवारको उत्थानको लागि यस मन्त्रालयबाट कार्यक्रम सञ्चालनको आवश्यकता रहेको बताए । उनले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार लगायत विभिन्न क्षेत्रमा पनि काम गर्ने बताए ।

युवाहरुलाई रोजगारको अवसर दिलाउन सक्ने योजनाको काम मन्त्रालयबाट गर्ने उनले बताए । नागरिकलाई उपलब्धीमुलक काम गर्ने प्रयास गरिरहेको बताउँदै न्यून आय भएका नागरिकको रोजगारमुलक कामलाई प्राथमिकतामा राखेर काम गर्ने मन्त्री आचार्यको भनाइ छ । कृष्णनगर नगरपालिकाले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री आचार्यले यस्तो बताएका हुन् । कृष्णनगर नगरपालिकाले बधाई तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री आचार्यले जिल्लाको विकासका लागि आफु पूर्ण प्रतिबद्ध रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सांसद अभिषेक प्रताप शाहले कपिलवस्तु जिल्लाको विकासका लागि पहलका लागि आवश्यक कदम चाल्न अनुरोध गरेका छन् । कपिलवस्तुको समग्र विकास लागि एउटा अवसर प्राप्त भएको भन्दै शिक्षा क्षेत्रमा पहलको गर्न आवश्यक रहेको उनले बताए । यस नगरपालिकामा कलेज, प्राविधिक शिक्षा नभएकाले भारतमा पढ्न जाने बाध्यता रहेको बताए । उनले यस क्षेत्रको विकासका लागि हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धतासमेत जनाए ।

यस्तै नगर प्रमुख रजत प्रताप शाहले किसानको समस्या भएको बताउँदै नौमुरे सिँचाइ आयोजनाको लागि पहल गर्न अनुरोध गरेका छन् । यो सिँचाई योजना सम्पन्न भएपपछि यस क्षेत्रका कृषि पेसालाई बलियो बन्ने उनले बताए । नौमुरे आयोजनाले कृषकले मनग्ये आम्दानी गर्न सक्ने बताउँदै कृष्णनगर भन्सारलाई सुक्खा बन्दरगाह, बजार व्यवस्थित गर्न आवश्यक रहेको नगर प्रमुख शाहले बताए ।

TOP