राजस्व मिनाहा प्रकरण : कर फर्छ्योट आयोगका तत्कालीन पदाधिकारी दोषी ठहर
१९ जेठ, काठमाडौं : गैरकानुनी रूपमा राजस्व मिनाहा गरेको अभियोगमा कर फर्छ्योट आयोगका तत्कालीन पदाधिकारीलाई विशेष अदालतले दोषी ठहर गरेको छ।
राज्यले पाउनुपर्ने कर मिनाहा गरेको अभियोगमा आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्मा ढकाललाई अदालतले दोषी ठहर गरेको हो।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर हिनामिना अभियोगमा तीनै जनालाई दोषी ठहर गरेको हो। इजलासले अकूत सम्पत्ति आर्जन गरेको मुद्दामा भने शर्मालाई सफाइ दिएको छ।
विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार कसुर ठहर भएका दुई मुद्दाको सजाय निर्धारण जेठ २५ गते हुने छ। तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा सुरुमा कसुर ठहर र सजाय निर्धारण पछि हुने कानूनी व्यवस्था छ। कसुर ठहर गर्ने इजलासबाटै बढीमा ३० दिनभित्र सजाय निर्धारण हुने व्यवस्था छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर मिनाहामा पहिलो मुद्दा २०७४ साउन १ गते दर्ता गरेको थियो। महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा कानुनविपरीत कर मिनाहा गरिएको विषय उठान भएपछि अख्तियारमा उजुरी परेको थियो। छानबिनपछि अख्तियारले मुद्दा चलाएको थियो।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam