तापक्रम : अझै केही दिन ओर्लिने संकेत छैन
२४ जेठ, काठमाडौं : तराईलगायत काठमानडौं उपत्यकाको तापक्रम अझै केही दिन नघट्ने देखिएको छ। तराईका भूभागमा तातो हावा तथा लू चल्ने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार पनि भैरहवा, जनकपुर र विराटनगरको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ। मंगलबार भैरहवामा ४०.९, विराटनगरमा ४०.४, जनकपुर र सिमारामा ४१ डिग्री सेल्सियस मापन गरिएको थियो। बुधबार जनकपुरमा ४०, भैरहवामा ४१ र जनकपुरमा ४२ डिग्री सेल्सियस सम्म अधिकतम तापक्रम पुग्ने अनुमान छ।
बुधबार देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ। अहिले पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam