नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजदेखि
२५ जेठ, काठमाडौं : नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक बिहीबार शुरु हुँदैछ। बैठक भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे शुरु हुनेछ।
बैठकमा अध्यक्ष बाबुराम भट्टराईले ‘अबको राष्ट्रको संकल्प नयाँ समाजवादी विकल्प’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्ने पार्टीका उपाध्यक्ष गंगानारायण श्रेष्ठले थाहाखबरलाई बताए। उनका अनुसार बिहीबार नै सांगठनिक प्रतिवेदन पनि पेश हुनेछ।
ती प्रतिवेदनमाथि शुक्रबार समूहगत छलफल हुनेछ। बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्नेछ । बैठकमा पार्टीको विधान मस्यौदाको तयारीबारे पनि छलफल हुनेछ ।
बैठक शुक्रबार साँझ सम्पन्न हुने उपाध्यक्ष श्रेष्ठले जानकारी दिए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam