नेपाल र भारत भिड्दै
३२ जेठ, काठमाडौं : एसीसी इमर्जिङ टिम्स कपमा नेपालले आज भारत ‘ए’ सँग दोस्रो खेल खेल्दैछ।
अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न नेपालाई जितको खाँचो छ।हङकङको मिसन रोड ग्राउन्डमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेपछि सुरु हुनेछ। नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ विरुद्ध जित नजिक पुगेर पनि बिमुख भएको थियो।
कसिलो बलिङ गरेपछि नेपालले पाकिस्तानलाई ८७ रनमा अलआउट गरेको थियो। तर, ब्याटिङतर्फ फितलो प्रदर्शन रहँदा नेपाल ९ रनले पराजित भएको हो।
पहिलो खेल हारेपछि नेपाल जित्नै पर्ने दबाबमा हुनेछ। भारत लगातार दोस्रो जितको खोजीमा छ। भारत ‘ए’ को कप्तानी १९ वर्षीय स्वेता सेरावतले गर्नेछन्। भारतका लागि उमेर समूहका खेल खेलिसकेकी उनी पहिलो पटक भारत ए को कप्तानी सम्हाल्दै हङकङ पुगेकी हुन्।
भारतले पहिलो खेलमा आयोजक हङकङलाई ३४ रनमा अलआउट गर्दै ९ विकेटको फराकिलो जित हात पारेको थियो।
नेपाल रहेको समूहमा पाकिस्तान र भारतका ए टिम र आयोजक हङकङ समावेश छन्। नेपाल र हङकङ अहिलेसम्म जितविहीन रहँदा भारत र पाकिस्तानको ए टिमको दुई–दुई अंक छ। नेपालले असार ५ गते घरेलु टिमसँग अन्तिम खेल खेल्ने छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam