कपिलवस्तुको राष्ट्रिय वनमा धमाधम अबैध संरचना निर्माण हुदैँ, वन कार्यालय मौन ।।

सनिउल्ला धोबी-
कपिलवस्तुको शिवराज नगरपालिका ५ अन्तरगत पर्ने राष्ट्रिय वन क्षेत्रमा धमाधम अबैध संरचना निर्माण भएको छ । शिवराज नगरपालिकाकाले वन क्षेत्रभित्र अबैध सरंचना निर्माण हुदाँ समेत नजिकै रहेको वन कार्यालय मौन बसेको छ । शिवराज नगरपालिकाले कर्भड हल निर्माणका लागि चालु आर्थिक बर्ष २०७९।८० मा रु ६० लाख विनियोजन गरि वन क्षेत्रमा अबैध संरचना निर्माण गरिरहेको छ ।

चन्द्रौटा हाट बजारको उत्तर, राष्ट्रिय माध्यमिक विद्यालय पुर्व तर्फ अबैध रुपमा कर्भड हल निर्माण कार्य धमाधम भैरहेको छ । कर्भड निर्माण स्थल नजिकै रहेको डिभिजन वन कार्यालय (गौतम बुद्ध) का कर्मचारी मौन बसेको छन । त्यस्तै सव डिभिवन वन कार्यालय समेत मौन छ ।

कर्भड हल वन क्षेत्रभित्र अबैध रुपमा निर्माण भैरहेको खबर वन कार्यालयलाई भएपनि चुपचाप रहेको पाइएको छ । शिवराज नगरपालिकाले उपभोक्ता समिति बनाई अबैध रुपमा वन क्षेत्र अतिक्रमण गरी कर्भड हल निर्माण कार्य गरेको पाइएको हो ।
शिवराज नगरपालिकाले मिति २०७९ चैत्र १४ गते देखी योजना सुरु गरी मिति २०८० बैशाख ३० गते सम्म योजना निर्माण सम्पन्न हुनु पर्ने भएपनि योजनाको निर्माण कार्य अझैसम्म चलिरहेको छ ।
कर्भड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष अरुण सेनले नगरपालिकाले तोके अनुसारको जग्गामा निर्माण कार्य सुरु गरेको बताउनु भयो ।

नगरपालिकाका नगर प्रमुख अजय थापा, उप प्रमुख शिव कुमारी चौधरी र प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डको अनुरोधमा वन क्षेत्रभित्र कर्भड हलको सरंचना निर्माण सुरु गरेको उपभोक्ता समितिका अध्यक्ष अरुण सेनले बताउनुभयो । योजना हेर्ने प्राविधिक सरोज भुसालका अनुसार अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भएको बताउनु भयो ।

TOP