तनहुँमा पहिरोले पुरिएर एक जनाको मृत्यु, दुई घाइते
५ असार, तनहुँ : पृथ्वी राजमार्गको सडक विस्तारको काम गरिरहेका बेला पहिरोमा पुरिएर तनहुँमा एक मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा सोमबार साँझ पृथ्वी राजमार्ग मुग्लिङ पोखरा सडक खण्डमामा काम गर्ने एकको मृत्यु र दुई जना घाइते भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका– ७ का ३३ वर्षीय भीम भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।
यसै गरी सोही ठाउँका ४५ वर्षीय कृष्ण लिङदेन र उदयपुरको कटारी नगरपालकिा ७ का ४० वर्षीय बलबहादुर राई घाइते भएका छन्।
टेवा पर्खालको काम भइरहेको बेला पहिरो खस्न गई सोही सडकमा निर्माण काम गरी रहेका बेला तिनै जना घाइते भएका थिए।
पहिरोले पुरिएका तिनै जना घाइतेलाई तत्काल उद्धार गरी रत्न हरी मेमो रियल अस्पताल दमौलीमा पुर्याएका भुजेलको मृत्यु भएको खाणको भनाइ छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam