उपप्राध्यापकलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश
काठमाडौं : सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासले मन्त्रिपरिषदको गत मंगलबारको सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशसँगै कारण देखाऊ आदेशसमेत दिएको छ।
अदालतले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेर अपांग बनाउनेहरू विरुद्धको मुद्दा फिर्ता किन लिइएको हो? भनेर सरकारसँग कारण माग गरेको हो।
आफूमाथि आक्रमण गर्नेहरूमाथिको मुद्दा फिर्ता लिइएको भन्दै उपप्राध्यापक चलाउने विरोधमा छन्। केही दिन अघि उनीसहित आन्दोलनमा जिल्ला अदालत पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरी नियन्त्रणबाट मुक्त हुनासाथ चलाउनेले त्रिविको कार्यकक्षमै अनशन सुरु गरेका थिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam