विश्वकप छनौट : वेष्टइण्डिजले नेपाललाई दियो ३४० रनको चुनौती
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोटमा पूर्वविश्वबिजेता वेष्टइण्डिजले नेपाललाई ३ सय ४० रनको चुनौती दिएको छ।
जिम्बावेको हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिला ब्याटिङमा तानिएको वेष्टइण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको हो।
वेष्टइण्डिजका लागि कप्तान साइ होप र निकोलस पुरनले शतकीय पाली खेले। साइ होपले १ सय ३२ र पुरनले १ सय १५ रनको महत्वपूर्ण योगदान गरे।
ब्रान्डन किङ ३२, रोभमन पवेलले २९, किमो पल र केल मेयर्स एक रनमा आउट हुँदा जोन्सन चार्ल्स बिना रन पेभिलियन फर्किए । ज्यासन होल्डर १६ रनमा नटआउट रहे।
नेपालका ललित राजवंशीले ३, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिएका छन्। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
नेपालले वेष्टइण्डिजसँग अहिलेसम्म कुनै पनि फर्म्याटको खेल खेलेको छैन । त्यसैले यो पहिलो भेटलाई जितका साथ ऐतिहासिक बनाउने नेपालको लक्ष्य छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam