ड्रयागन बोट फेस्टिबल : आज नेपाली र चिनिया २–२ टोलीबीच प्रतिस्पर्धा


पोखरा : पोखरामा सञ्चालन भइरहेको ‘ड्रागन बोट रेस’ प्रतियोगिताको अन्तिम दिन शनिबार नेपालका २ र चिनिया २ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ।

फेवातालमा शुक्रबार भएको ५०० मिटर रेसबाट अन्तिम चारमा स्थान बनाउन सफल नेपालका दुई र चीनका दुई टोलीबीच आज सेमिफाइनल को खेल र फाइनलको खेल हुँदैछ।

नेपालको तर्फबाट प्रतिस्पर्धामा सहभागी ४ टिम मध्ये ‘नारा ड्रागन बोट टीम’ र ‘एनआसीए ड्रागन बोट टीम’ले सेमिफाइनममा पुगेका छन्। यसैगरी चीनको सिचुआन ड्रागन बोट टिम र युनान ड्रागन बोट टिम सेमिफाइनलमा पुगेका छन्।

शनिबार चारमध्ये लक्की ड्रको आधारमा छानिएका २–२ टिमबीच सुरुवाती प्रतिस्पर्धा हुनेछ। त्यसबाट प्रथम हुने दुई टिमबीच उपाधिका लागि प्रतिस्पर्धा गराइने छ।

प्रतियोगितामा नेपालका चार, चीनका तीन र सिंगापुरको एक टोली सहभागी भएका छन्।

TOP