राष्ट्रिय कविता महोत्सव : पुरस्कृत सर्वोत्कृष्ट १० कवि घोषणा
१० असार, काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्वसका अवसरमा राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्टताका आधारमा पुरस्कार पाउने कविको नाम घोषणा गरिएको छ।
प्रतियोगितामा नेपाली भाषामा ‘सिमाना र देश’ शीर्षकका लागि कवि उमेश पुनरछोरी, ‘रक्तिम कथा’ शीर्षकका कृपाकरुणा पोखरेल, ‘प्रश्नहरूको विज्ञप्ति’ शीर्षकका जीवन आरोही, ‘कविले के सम्झियो?’ शीर्षकका तीर्थराज विश्वकर्मा, ‘भेरी अभिशप्त बगिरहेछ’ शीर्षकका नवीन अभिलाषी र ‘नौरानको नाम’ शीर्षकका प्रकाश दिप्साली राई र ‘परिचयपत्र’ शीर्षकका कवि राधिका कल्पित पुरस्कृत भएका छन् ।
यस्तै मातृभाषा डोटेलीमा खिमानन्द जोशी (मुई गोठ नाइँ भान्या हुँ), पूर्णानन्द ओझा (सन्निको मान्सा) खाम मगर भाषामा टङ्कबहादुर झाँक्री मगर (वैरागी समीप)को (रहुन्के वे बड्डा) का कविता उत्कृष्ट घोषणा गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट १० कविलाई जनही १५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिनेछ। कविहरू प्रतिसरा सायमी, रमण घिमिरे, हाङयुग अज्ञात, ओमकार उप्रेती ‘प्रथा’ र दीपक सापकोटाको छनोट समितिले मूल्यांकन गरेको प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले जानकारी दिए।
महोत्सवमा यस वर्षदेखि मातृभाषाका कवितालाई पनि प्रतियोगितामा सहभागी गराइएको थियो।
प्रतिष्ठाले हरेक असार ९ गते गर्दै आएको सो महोत्सवमा परम्परागतरूपमा नेपाली भाषाका कविताका अतिरिक्त यसपटकदेखि समावेशी सहभागिताका लागि पहिलोपटक बहुभाषिक कविता आह्वान गरिएपछि मातृभाषाका कवितासमेत प्राप्त भई प्रतियोगिताका लागि आएकामध्ये मूल्यांकन समितिबाट वाचनका लागि २५ कविता छनोट भएका थिए । ती कवितामध्ये मातृभाषामा लिम्बू, डोटेली, खाममगर, नेपालभाषा, चाम्लिङ र थामी भाषाका सात र नेपाली भाषामा १८ कविता छानिएका छन् । मातृभाषामा प्रस्तुत कवितालाई अनुवाद गरिएको थियो।
महोत्सवका लागि इमेल र प्रत्यक्ष गरी ६४४ वटा कविता दर्ता भएका थिए । महोत्वस उद्घाटन दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। कार्यक्रममा प्रज्ञा सेवा पदक शेषराज देवकोटा र सन पुजारी तथा उत्कृष्ट कर्मचारी पुरस्कार नरेन्द्रबहादुर पछिमा थारू, रामबहादुर पहरी र जमुना कुचिकारलाई प्रदान गरियो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam