कांग्रेस छियाछिया भयो, पुनः जीवन दिनुपर्ने खाँचो छ : नेता कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस पुनः जीवन दिनपर्ने आवश्यकता रहेको बताएका छन्।
आइतबार पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुनः जीवन दिनुपर्ने खाँचो रहेको बताए।
नेता कोइरालाले कांग्रेसलाई बचाउनको लागि सुवेक्षुक संस्थाहरूले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताए।
उनले भने, ‘नेपाली कांग्रेस छियाछिया हुन थालेको छ। अब यसलाई कसरी हामीले पुनः जीवन दिने हो ? जाडोको याममा पात झरेको देख्नुभएको छ। पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई की उ जाडो यामलाई छलेर जब वसन्त ऋतु आएँछ फेरि हरियो भएर जान्छ। त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ। यो नेचुरल प्रक्रिया हो। आउँदो भविष्यमा नेपाली कांग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ।’
नेता कोइरालाले सबैले आफ्नो दायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले संविधानमाथि धेरै प्रहार भइरहेको भन्दै यसको रक्षा पत्रकारहरूले गर्नुपर्ने बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam