रौतहटबाट तीन फरार अभियुक्त पक्राउ
१२ असार, रौतहट : प्रहरीले विभिन्न मुद्दामा फरार रहेका तीन अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गरेको छ। ज्यान मार्ने उद्योग मुद्दामा दुई र लागुऔषधको मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
माधवनारायण नगरपालिका–५ कटहरियाटोल स्थितमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका ७६ वर्षीय बैजनाथ सहनीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका सहनीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला अदालत गौरमा बुझाइएको रौतहट प्रहरीले जनाएको छ।
ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका अर्का एकजनालाई गौर नगरपालिका–३ बीपी चोकबाट प्रहरीले पक्राउ गरेको हो। फतुवा विजयपुर नगरपालिका १ का २५ वर्षीय राकेश यादवलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि रौतहट जिल्ला अदालत गौर रौतहटमा बुझाइएको छ। यसैगरी लागुऔषध मुद्दाका फरार प्रतिवादी ३२ वर्षीय रमेशकुमार यादवलाई वृन्दावन नगरपालिका– १ विश्रामपुर टोलबाट प्रहरीले पक्राउ गरेको छ। अदालतबाट कैद तथा जरिवाना सजाय भए पनि यादव फरार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो समयमा विभिन्न मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अघि बढाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam