न्याय परिषद्को बैठक बस्दै


काठमाडौं : रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद् बैठक आज बस्दै छ।

आज दिउँसो बस्ने बैठकले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्न सक्ने सम्भावना रहेको सर्वोच्च प्रशासनले जनाएको छ। यसअघि सोमबार बसेको परिषद् बैठकले भने न्यायाधीश नियुक्तिको निर्णय गर्न सकेको थिएन।

भागबन्डाको राजनीतिले न्यायाधीश नियुक्ति पक्रिया लामो समयदेखि अवरुद्ध हुँदै आएको छ। छोटो समयका लागि प्रधानन्यायाधीशमा नियुक्त भएका हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्ति प्रक्रियामा सक्रियता देखाएका छन्।

न्यायपरिषदको अध्यक्ष प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ।

TOP