नेपालले मलेसियालाई दियो १८४ रनको लक्ष्य
काठमाडौं : एसीसी मेन्स अन्डर–सिक्स्टिन इस्ट जोन क्रिकेटमा नेपाल मलेसियालाई १८४ रनको विजयी लक्ष्य दिएको छ।
मलेसियाको बांगीस्थित बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १८३ रन बनायो।
नेपालका लागि अशोक धामीले अर्धशतक पूरा गरे। उनले ५ छक्का र ३ चौकाको मद्दतमा ५२ रन बनाएका थिए। यस्तै नरेन भट्ट र सुर्यांशु कोइरालाले समान २९ रनको योगदान गरे। मलेसियाका हाजिक हेइकल मोहम्मद अक्रम, अरेन अकिल र मोहम्मद मुक्रीले समान २ विकेट लिए।
१८४ रनको विजयी लक्ष्य सहित मलेसिया अहिले ब्याटिङ गरिरहेको छ। आज हुने खेलको विजेता टोली समूह ए को विजेता बन्नेछ। पराजित टोलीले उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउने छन्।
समूह बी बाट सिंगापुर र हङकङबीच आजै भइरहेको खेलबाट विजेता र उप विजेताको टुंगो लाग्नेछ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam