बीआरआईमा चीनको चासो : गृहमन्त्री श्रेष्ठ
१७ असार, काठमाडौँ : पाँचदिने चीनको भ्रमण सकेर उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किएका छन्।
काठमाडौँ : पाँचदिने चीनको भ्रमण सकेर उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किएका छन्।
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ पाँचदिने चीन भ्रमण सकी आइतवार स्वदेश फर्किएका हुन्। उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विशेष पत्रकार सम्मेलनमा बोल्दै चीनभ्रमण फलदायी भएको बताए।
उनले भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह ली फङबीच द्विपक्षीय भेटवार्तामा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्मक छलफल भएको बताए।
उनले चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल भएको र चीन सकारात्मक रहेको बताए। उनले चीनद्वारा नेपालमा विगतमा हुँदै आएको सहयोग बढाउन आग्रह गरिएको बताए। उनले व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमा नाकामा आवतजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको जानकारी दिए।
चीन सरकारसँग सम्झौता भएको बीआरआई कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको बताए। उनले नेपाल सरकारले बीआरआईमा २०७० मा सम्झौता गरेकाले कार्यान्वयनको मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुङ्गो लगाउने बताए। उनले नेपाल चीनसँग भएको बीआरआई सम्झौताले लाभान्वित हुने विश्वास लिएको बताए।
उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरिएको बताए। उनले सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा छन्तु–काठमाडौँ रुटमा हवाई उडान वृद्धि गर्न तथा छन्तुबाट पोखरा र भैरहवा विमानस्थलमा वाणिज्य उडान शुरु गर्न आग्रह गरेको बताए।
उनले सिचुवान एयरलाइन्स भैरहवाभन्दा पोखरामा उडान भर्न तयार रहेको देखिएको बताए। उपप्रधानमन्त्री श्रेष्ठले चिपिङ जलविद्युत् केन्द्र तथा तुच्याङ सिँचाइ प्रणालीको अवलोकन गरेको बताए।
उनले भने, ‘चीन भ्रमणमा हामीले चीन र नेपालको बीचको असल मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भयो। चीनले नेपालको सार्वभौम सत्ता भौगोलिक अखण्डता र स्वाधीनताको सधैँ सम्मान गर्दै आएको छ। नेपालको विकास प्रक्रिया‚ भूकम्प र कोभिड जस्ता संकटमा गरेको सहयोगको हार्दिक प्रकट गरेका छौं। व्यापार पर्यटनको क्षेत्रमा प्रवर्धनका निम्ति अनुरोध गरेका छौँ।’
उपप्रधानमन्त्री श्रेष्ठ सातसदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधवार चीन भ्रमणमा गएका थिए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam