‘कालो धन र अवैध सम्पत्ति नियन्त्रणमा सरकार पछि हट्दैन’
१७ असार, काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचेक्र्याइँ नगरेको दाबी गरेका छन्।
आइतबार प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।
मन्त्री गुरुङले कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले ठूलो–सानो, दायाँ, बायाँ केही पनि नहेर्नेसमेत स्पष्ट पारे। उनले सरकार पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने कुरामा पछि नपर्ने पनि पटकपटक दोहोर्याए।
मन्त्री गुरुङले भने, ‘कालोधन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्नुपर्ने कुरामा दुई मत रहेन। यसको हेलचेक्र्याइ भइरहेको सन्दर्भ उठेको छ। पटक्कै हेलचक्र्याई गर्न खोजिएको छैन। माथि होस कि तल। दायाँ होस कि बायाँ कोही पनि पीडकलाई छोड्नुहुन्न। यदि हामी न्यायको पक्षमा उभिन्छौं भने, यदि हामी पीडितको पक्षमा उभिन्छौं भने माथिलाई छोड्ने, तललाई समात्ने हुँदै होइन। सरकार अहिले त्यही बाटोमा अघि बढिराखेको छ। ठूलो, सानो हामी हेर्दैनौं। अनुहार पनि हेर्दैनौं। राजनीतिक पार्टी पनि हेर्दैनौं।’
मन्त्री गुरुङले वित्तीय अनुशासन उल्लंघन गर्नेहरुलाई सरकारले नछोड्ने पनि दोहोर्याए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam