ललिता निवासका अनधिकृत संरचना हटाउन काठमाण्डौ महानगरको सात दिने अल्टिमेटम
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन सात दिने अल्टिमेटम दिएको हो ।
सात दिनको समय दिँदै सूचना टाँसेको काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयो । सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी पालिकाको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने उहाँले बताउनुभयो । ललिता निवास क्षेत्रलाई घेराबारका लागि पनि महानगरको प्राविधिक टोलीले तयारी गरिरहेको उहाँले बताउनुभयो ।
ललिता निवासको जग्गामा अहिले झण्डै २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् । ललिता निवासको जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा सारेर भ्रष्टाचार गरेको आरोपमा निर्वाचन आयोगका पूर्वआयुक्त, भाटभटेनी सुपरमार्केटका सञ्चालकसहित चार जना प्रहरी हिरासतमा छन् ।
झण्डै एक सय ४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार पनि मुद्दा चलिरहेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


