थाइल्यान्डले श्रीलङ्कालाई उपहार दिएको एउटा हात्तीलाई स्वदेश फर्कायो, यातना दिएको दाबी
थाइल्यान्डले श्रीलङ्कालाई उपहार दिएको एउटा हात्तीलाई स्वदेश फर्काएको छ । सन् २००१ मा उपहार दिएको हात्तीलाई श्रीलङ्कामा यातना दिइएको आरोपका कारण दुई देशबीच कुटनीतिक विवाद उत्पन्न भएपछि स्वदेश फर्काएको बीबीसीले जनाएको छ ।
मुथु राजा नामको २९ वर्षको हात्ती एउटा व्यावसायिक उडानमार्फत थाइल्यान्ड पुगेको छ । एउटा बौद्ध धार्मिक स्थलमा राखिएको समयमा हात्तीलाई यातना दिइएको आरोपपछि थाइल्यान्डले फर्काइदिन माग गरेको थियो । श्रीलङ्काका प्रधानमन्त्रीले आफूले औपचारिकरूपमा थाई राजासँग माफी मागेको बताउनुभएको छ ।
थाइल्यान्ड र श्रीलङ्का दुवैले हात्तीलाई पवित्र जनावरका रूपमा लिने गर्छन् । सन् २००१ मा थाइल्यान्डको शाही परिवारले मुथु राजासहित तीन वटा हात्ती श्रीलङ्काको सरकारलाई उपहार दिएको थियो । एउटा धार्मिक केन्द्रको रेखदेखमा राखिएको मुथु राजालाई रुख कटान गर्ने व्यक्तिहरूसँग काम गर्न लगाइएको र चोटको बेवास्ता गरिएका कारण उसलाई खुट्टा चलाउन गाह्रो हुँदै आएको भन्दै पशु अधिकारवादी समूहले विरोध गरेको थियो ।
मुथु राजामाथि भएको यातनाको विरोधपछि थाई सरकारले तीन वर्षयता देशबाहिर हात्तीहरू पठाउन रोक लगाएको छ । यस्तै त्यहाँको वन्यजन्तु विभागले पहिल्यै विदेश पठाइएका थाई हात्तीको अवस्थाबारे अनुगमन गरिरहेको जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


