ललिता निवास प्रकरणका आरोपीलाई पक्राउ गर्न नमिल्ने अन्तरिम आदेशविरुद्ध प्रहरी सर्वोच्चमा
काठमाण्डाै – ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपीलाई पक्राउ गर्न नमिल्ने अन्तरिम आदेशविरुद्ध नेपाल प्रहरीले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई पक्राउ नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज मङ्गलवार सर्वाेच्च अदालतमा निवेदन दिएको हो । आफूहरूलाई पक्रन नमिल्ने भन्दै १७ जनाले यसअघि नै सर्वोच्चबाट अन्तरिम आदेश लिएका कारण प्रहरीलाई यो प्रकरणको अनुसन्धानमा समस्या भइरहेको छ ।
पक्राउ परेकामध्ये कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई अन्तरिम आदेश लिएकै कारण प्रहरीले तत्कालै छाड्नुपरेको थियो । आज महान्यायाधिवक्तामार्फत सर्वोच्चमा निवेदन दिएको र अन्तरिम आदेश खारेज भएमा ललिता निवास जग्गा हिनामिना प्रकरणकाे अनुसन्धानलाई अघि बढाउन थप सहज हुने सीआईबीको भनाइ छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


