आज धेरै ठाउँमा पानी नपर्ने, भोलिदेखि फेरि झरीको सम्भावना
काठमाण्डाै – आज देशका धेरै ठाउँमा पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । कोशी र सुदूरपश्चिमका एक/दुई ठाउँमा मात्रै अहिले हल्का वर्षा भैरहेको छ । आज एक/दुई ठाउँमा मात्रै मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर भोलि पर्सि फेरि पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताउनुभयो ।
यसवर्ष मनसुन कम सक्रिय हुँदा अहिलेसम्म लगातार झरी नपरेको पनि महाशाखाले जनाएको छ । तर मनसुनी प्रणाली भित्रिने बेला असार पहिलो हप्ता पूर्वमा परेको पानीले मानवीय तथा भौतिक क्षति गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसवर्ष अहिलेसम्म विपदबाट ३४ जनाको ज्यान गएको छ । २५ जना बेपत्ता भएका छन् । ताप्लेजुङका ११ वटा र पाँचथरका ११ गरी २२ वटा झोलुङ्गे पुल बगाएको छ । यी पुल बगाउँदा १२ करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बाढी पहिरोबाट निर्माणमा रहेका १७ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । त्यस्तै सञ्चालनमा रहेका १३ आयोजनामा क्षति भएको छ । ती आयोजनाको कूल क्षति आठ अर्ब ५० करोड बराबर छ । यस्तै, बाढी पहिरोका कारण ३१ वटा साना जलविद्युत् आयोजनामा ४४ करोड ९० लाख बराबरको क्षति भएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।
नेपालमा गएको जेठ ३१ गते मनसुन भित्रिएको हो । सङ्घीय सरकारले मनसुनजन्य क्षतिमा अहिलेसम्म २० लाख रुपैयाँ बराबरको नगद राहत वितरण गरेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


