सुदूरपश्चिममा ६५ प्रतिशत रोपाइँ सम्पन्न
डोटी – सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत धान रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय दिपायल, राजपुरका अनुसार सुदूरपश्चिमको अन्न भण्डार मानिने कञ्चनपुर र कैलालीमा मात्रै ७० प्रतिशत रोपाइँ सकिएको छ । नौ जिल्ला रहेको सुदूरपश्चिममा धान र गहुँ उत्पादन यी दुई जिल्लामा औसतमा बढी हुने गरेको छ ।
सुदूरपश्चिममा पूर्णरुपमा राेपाइँ सकिन साउनको पहिलो हप्तासम्म लाग्ने कृषि विकास निर्देशनालयले जनाएकाे छ । निर्देशनालयका सूचना अधिकृत केशवराज पाण्डेयले सुदूरपश्चिममा कूल एक लाख ७५ हजार सात सय ६३ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीमा सबैभन्दा बढी ६७ हजार चार सय ३६, कञ्चनपुरमा ४८ हजार चार सय ९६, अछाममा १६ हजार पाँच सय ९०, बैतडीमा नौ हजार र बाजुरामा छ हजार नौ सय १५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यस्तै बझाङमा १० हजार तीन सय हेक्टर, डोटीमा छ हजार चार सय २६, दार्चुलमा चार हजार चार सय ८० र डडेल्धुरामा छ हजार एक सय २० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


