ललिता निवास प्रकरण : थप २ जना पूर्वकर्मचारी पक्राउ
काठमाण्डाै – बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप दुई पूर्वकर्मचारी पक्राउ परेका छन् ।
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणराज मिश्रलाई काठमाण्डौबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । मन्त्रिपरिषदबाट भएका निर्णयको अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको बनाउन नक्कली फाइल खडा गरी नासु पौडेल हुँदै प्रमुख मालपोत अधिकृत कलाधर देउजासमक्ष पेस गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
योसँगै यस प्रकरणमा पूर्वसहसचिव सुधीरकुमार शाह र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित पक्राउ पर्नेको सङ्ख्या १४ जना पुगेको छ । यस प्रकरणमा चार सय जनाभन्दा बढीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


