प्रअ ,अध्यक्ष भागे एक महिना देखी उत्तर पुस्तिका प्रहरीमा अलपत्र

कपिलवस्तु

शैक्षिक सत्र सुरु भए पछि राहत दरवन्दीका ३ शिक्षक नियुक्त नहुँदा पढाई अलपत्र भएको थियाे । राहत कोटा अन्तर्गत उच्च मावि तहको लेखा र माध्यमीक तहको अंग्रेजी र गणित विषयको शिक्षक नहुँदा पठनपाठनमा समस्या देखिएको थियाे । विद्यालयले वैशाख ११ गते विज्ञापन आह्वान गरी जेठ ३२ गते लिखित परीक्षा लिएको थियो ।

परिक्षा सकिए पछि दाँत दुख्यो भन्दै व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर पाण्डे भागे पछि नियुक्ती प्रकृया अलपत्र परेको छ । उत्तर पुस्तिका परीक्षण गरी नजिता प्रकाशन गर्ने बेला भागेका अध्यक्षलाई लिन भनि गएका विद्यालयका प्रअ बावुराम थारु सम्पर्क विहिन भए पछि उत्तर पुस्तिका मुचुल्का गरी प्रहरीमा बुझाइएको बुद्धभूमि नगरपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराईले बताए ।

पालिका र विषयविज्ञले मुचुल्का उठाई इलाका प्रहरी कार्यालय गोरुसिंह्गेमा उत्तर पुस्तिका बुझाइएको थियो । अन्दाजी १० बजे राती उत्तर पुस्तिका प्राप्त भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेश बहादर शाहीले बताउनु भयो । बुझाइएको उत्तर पुस्तिका लिन हाल सम्म कोही पनि नआएको उनले भने ।

एक महिना पुग्न लाग्दा उत्तर पुस्तिका इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा थन्किएको छ । परीक्षा स्थलबाट भागेका प्रअ र अध्यक्षले अर्को दिन परिक्षा धाधली भएको भन्दै नगर प्रमुख केशव कुमार श्रेष्ठलाई उजुरी दिएका थिए । नगरपालिकाको रोवहरमा सम्पन्न भएको परीक्षाका धाधली भएको आरोप लगाउँदै उजुरी आए पछि छानविन गरी प्रतिवदेन बुझाउन निर्देशन दिई पत्र लेखेको शिक्षा अधिकृत भट्टराईले बताउनु भयो ।

पत्र गएको करिव २ साता भए पनि विद्यालय व्यवस्थापन समितिको बैठक बसेको छैन । असार ३१ गते आइतवार विद्यालय व्यस्थापन समितिको बैठक बस्ने तयारी भएको व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले बताउनु भयो । परीक्षा संचालनको बेला वडा अध्यक्ष पटक पटक आउजाउ गरेको र अंक जोडजाडमा फरक भएको आरोप छ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य रहेका वडा अध्यक्षले परीक्षा संचालनमा केही विवाद भएकाे बताउनु भयो । विवाद भए पछि छलफल गरी दोस्रो पेपरको परिक्षा भएको जनाइएको छ ।

आइतवारको बैठकमा लेखा विषयको परिक्षा नभएकोले सोे विषयमा छलफल हुने अध्यक्षबाट जानकारी आएको बताउनु भयो । एक महिना देखी अलपत्र भएको नजिताको विषयमा छलफल हुने पर्ने वडा अध्यक्षको माग रहेको छ । अध्यक्ष र प्रअका मान्छेले परिक्षा उर्तिण नहुने देखिए पछि नजिता प्रकाशन गर्ने बेला भागेको स्थानीयहरु बताउँछन् । नतिजा सार्वजनिक गर्न स्थानीयहरु पटक पटक विद्यालयमा डेलिकेशन जाने गरेका छन् ।

TOP