मैले सेनाको संख्या घटाउनुपर्छ भनेको छैन : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउनुपर्छ भनेर आफूले कहीँकतै नबोलेको बताएका छन्।

विराटनगर–११  पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको सङ्ख्या घटाउनुपर्छ भनेर संसद् तथा पार्टीका अन्य कार्यक्रममा  पार्टीको  सांसद तथा नेताले समेत नबोलेका दाबी गरे।

उनले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट रहेको बताए। अध्यक्ष लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमति जरुरी रहेको बताए।

उनले  आफ्नो पार्टी आमसमर्थक पार्टी भएको स्पष्ट पार्दै आगामी मङ्सिरदेखि पार्टीको अधिवेशन कार्य सुरु हुने जानकारी दिए।

TOP