कृष्णनगर भन्सारः पक्राउ पूर्जी सार्वजनिक गरेर भगाइयो आरोपी
थुनुवाहरुको धरौटीमै कमिशन खाइदिएको आरोप लागेका भन्सार अधिकृत विकास उपाध्यायले कार्यालयको गोप्य कागजात सार्वजनिक गरेपछि एक आरोपी फरार भएका छन् ।आफूले राम्रो काम गरेको भन्दै केही स्थानीय पत्रकारहरुलाई कार्यालयमा रहेको पक्राउ पूर्जी कागज सार्वजनिक गराएका थिए । त्यस लगत्तै पक्राउ पूर्जीमा नाम रहेका कुशहवाका सुरेन्द्र तेली फरार भएका हुन् ।
भन्सार श्रोतका अनुसार पक्राउ पूर्जी पक्राउ पर्ने आरोपीलाई दिनुपर्ने हो वा जारी भएको पूर्जी या अनुसन्धान अधिकारी वा प्रहरीसम्मलाई दिन सकिन्छ । असार १९ गते जारी पक्राउ पूर्जी २० गते सार्वजनिक गरेकै कारण दुई साता देखि तस्करीमा संलग्न तेली फरार बनेका हुन् । अर्धन्यायिक निकाय रहेको भन्सार अनुसन्धानको जिम्मा सामग्री मूल्याङ्कन गर्ने अधिकारीलाई लगाउँदा यस्तो समस्या आएको भन्सारकै कर्मचारीहरु बताउँछन् ।असार १४ गते कृष्णनगर भन्सार नजिकैको कोटीया सिमाना नजिकै भन्सार छलेर ल्याएका चप्पलसहित दुई जनालाई कपिलवस्तु अनुसन्धान प्रमुख नरेन्द्र गिरीले भन्सारलाई बुझाएका थिए । दुई जना थुनामा छन् भने आरोपी तेली फरार छन् ।
श्रोतका अनुसार तेली र भन्सार अधिकृत विकास उपाध्याय बीच राम्रो सम्बन्ध रहेको छ । उपाध्यायकै सेटिङमा सुरेन्द्र तेलीले त्यस क्षेत्रबाट चप्पल तस्करी गर्दै आइरहेको बताइन्छ । तेलीलाई भगाउनकै लागि पक्राउ पूर्जी सार्वजनिक गरिएको भन्सार श्रोतकै दाबी छ । भन्सार अधिकृत उपाध्यायले २२ गते ३ जनाको धरौटी बापतको रकम मध्ये रु एक लाख ५२ हजार ४ सय रकम खाएको आरोप पीडितले लगाउँदै आएका छन् । पीडित मध्येका नागेन्द्र ठाकुरले भन्सार अधिकृत विकास उपाध्यायले ऐजेन्ट अंगद त्रिपाठी मार्फत लिएको धरौटी रकम ७६ हजार २ सय मध्ये २५ हजार ४ सयको भौचर दिएर अरु रकम खाएको बताए । रकम माग्न जादा समाचार लेख्नेसँग माग्न जानु भन्दै धम्क्याउने गरेको अर्का पीडित रमेश यादवले बताए । भन्सार अधिकृत स्थानीय भएकै कारण प्रमुख भन्सार अधिकृत गगन बहादुर विक समेत यस घटनाबारे केही बोल्न सकेका छैनन् ।
-जनआस्था साप्ताहिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


