साढे ३८ अङ्कले घटेर शेयर बजार राताम्मे, २ अर्ब ६८ करोड रुपैयाँको कारोबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्सको शेयर साढे नौ प्रतिशत तथा अभियान लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ । बजार राताम्मे भएको दिन आज आईएमई लाइफ इन्सुरेन्स र नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशत तथा कृषि विकास बैंकको शेयर साढे छ प्रतिशतले बढेको छ ।
आज ८० लाख सात हजार कित्ता शेयर दुई अर्ब ६८ करोड ७१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सानिमा बैंकको १२ करोड ६९ लाख र एभरेस्ट बैंकको १२ करोड २१ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


