अफ्रिकी देश गाबोनमा सेनाले सत्ता कब्जा
अफ्रिकी देश गाबोनमा सेनाले सत्ता कब्जा गरेको छ । सेना अधिकारीहरूले आफूले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका बीबीसीले जनाएको छ ।
सेनाका अधिकारीहरूले गएको चुनावकाे नतिजा रद्द गरेको बताएका छन् । चुनाव आयोगले राष्ट्रपति अली बोङ्गो झन्डै दुई तिहाइ मतसहित विजयी भएकाे घोषणा गरेको थियो । विपक्षीले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।
यो विद्रोहसँगै देशमा बाेङ्गो परिवारको ५३ वर्ष लामो शासनको अन्त्य भएको छ । समाचार एजेन्सी एएफपीले सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै अपदस्थ राष्ट्रपति अली बोङ्गोलाई उहाँको घरमा हिरासतमा राखिएको बताएको छ । सेनाका अधिकारीहरूले ग्याबोनको सीमा बन्द गरिएको बताएका छन् ।
राजधानी लिब्रेभिलमा आज बुधवार बिहानै गोली चलेको आवाज सुनिएको थियो । राजधानीका सडक सुनसान थिए । ग्याबोन प्राकृतिक तेलको स्रोतमा धनी देश हो ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…


