पश्चिम तराईका आमाहरुले छोराको सु-स्वास्थ्य एवं दीर्घायुको पर्व तीन – छठ्ठी मनाईदै
कपिलवस्तु, भाद्र १९ । पश्चिम तराई काे मधेशी समुदायका आमाहरुले आफ्नो छोरा सु-स्वस्थ, दीर्घायु हुनाको लागी आज एक दिने बिशेष पुजा-पाठ गर्ने गर्दछन् । जुन यहा आमाहरुले परापुर्ब काल देखी परम्परागत रुपमा मनाऊदै आईरहेकी छिन। स्थानीय ब्रह्मण अजयमणि त्रिपाठी ज्यु अनुसार यो पर्व प्रत्येक बर्ष को भाद्र कृष्णपक्ष ललही छठको तिथी मा मनाइने गरिन्छ ।
यस पर्वमा घासे कुश,महुवा र तिन्नी नाम गरेको चामलको पुजा पाठ गरी आफ्ना छोराहरुलाई टिका टाला गर्नेगरिन्छ। ब्रत बस्ने आमाहरु बिहान देखी गौधुली साझ सम्म निराजल रही साझ हुनु भन्दा अगावै तिन्नी चामलको भात पकाई साग र दही संग खाने गर्छिन। तीन छठ्ठीका ब्रत वस्ने ब्रतालुहरु जोतेको खेतमा न जाने र जोते का खेत बाट उत्पन्न भएका कुनै पनि फल र अन्न खान नहुने विश्वास रहेको छ ।
धेरै जसो घरका आईमाईहरु घर भन्दा बहिर कहिले नजोतेको खेतमा गई कुशे घास को पुजा गरी त्यही एक जुट भई केही समय सम्म बसी सबैले पालै पालो आमा र छोराको कथा-कहानी भन्ने गर्दछिन,भने कतिपय महिलाहरु आफ्नै घरमा कुश र महुवा ल्याई घरै बसी पुजा पाठ गरेको पाइन्छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam