‘सांसदले डिएसपीलाई नै ज्यान मार्ने धम्की दिँदा पनि सरकार कानमा तेल हालेर बस्यो’
२५ भदौ, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले कोशी प्रदेशका नेपाली कांग्रेस सांसदहरूलाई कारबाही गर्न माग गरेका छन्।
सोमबार तेजाब आक्रमणविरुद्ध पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ताप्लेजुङमा कांग्रेस सांसदले नेपाल प्रहरीका डीएसपी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिने सांसद खगेनसिंह हाङगाममाथि कारबाही गर्न माग गरेका हुन्। गत शुक्रबार उनले डिएसपी राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका थिए।
‘असामाजिक,अमानवीय र गैरकानूनी काममा साथ दिन सक्दिनँ भन्दा शान्ति सुव्यवस्था र एकताको पक्षमा कुरा गर्दा त्यो सहन नसकेर तिमीलाई त बाँकी राख्दिनँ तिम्रा बालबच्चा र घरपरिवारलाई पनि मार्छु भन्नु आतंकवादबाहेक केही होइन। सरकार आफैँले यस्ता अपराध बढाइरहेको छ। सपरिवार मार्छु भनेको छ,त्यस्ता मान्छेलाई नियन्त्रणमा लिइन्न,’ उनले भने।
ओलीले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पनि सरकारले नै संरक्षण दिएको आरोप लगाए। ओलीले नामै लिएर अपराधीहरूले दिनदहाडै खुकुरी प्रहार गर्दा पनि सरकार कानमा तेल हालेर बसेको आरोप लगाए।
उनले सम्मानित ढंगले बाँच्न पाउनुपर्ने अधिकार खोस्न उद्धत हुने प्रवृति हाबी हुँदासमेत सरकार मूकदर्शक बनेको उनको आरोप छ। अध्यक्ष अोलीले संसदमा समेत हिंसालाई प्रोत्साहन गर्ने, झुट कुरा बोल्ने, असभ्यता प्रकट गर्ने कुराहरू हुने गरेको बताए।
‘अस्ति यहाँ खुकुरी हान्ने मान्छेले त माइतीघर मण्डलामा खुकुरी हान्छु भनेकै थियो त। पहिले नै खुकुरी हान्छु भनेको थियो । लात्ती हान्छु भनेर खुट्टा उचालेको थियो। मान्छेहरूको नाम लिई लिई काट्छुभन्दा सरकार कानमा तेल हालेर बसेको थियो? उनले भने, ‘हाम्रो देश सभ्य समाजको रूपमा रहेका छौँ। एकछिनको राजनीतिक फाइदाका लागि आतंककारी क्रियाकलापहरूलाई प्रोत्साहित हुने, अराजकतालाई ढाकछोप गर्ने खालका कुराहरू । संसदमा समेत हिँसालाई प्रोत्साहन गर्ने, झुट कुरा बोल्ने, असभ्यता प्रकट गर्ने कुराहरू हुने गरेका छन्। राजनीतिक पार्टीहरू सचेत हुनुपर्छ।’
साथै उनले नेपालमा बाह्य शक्तिहरूले द्वन्द्व र अस्थितरता फिँजाउन खोजेको बताएका छन्। अध्यक्ष ओलीले विदेशी नियोगका प्रतिनिधिहरूले कूटनीतिक मर्यादा पालना नगरेको बताए।
‘कूटनीतिज्ञहरू कूटनीतिक मर्यादा नाघेर विभिन्न भेटघाट, ती भेटघाटका पछाडि के छ? राम्रो कुरा भए खुल्ला हुन्थ्यो होला। अलि भित्रि खालका भेटघाट गरेको देखिन्छ। यस्ता कुराहरूबाट हाम्रा मित्रहरूले रिसेन्ट गर्नुपर्छ। सरकारले यस्ता कुरा गर्न हुँदैन भनेर सबैलाई बताउनुपर्छ,’ उनले भने।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam