राष्ट्रपति पुटिनलाई भेट्न उत्तरी कोरियाली नेता किम रुस पुगे
२६ भदौ, काठमाडौ : उत्तर कोरियाली नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न रुसको खासन पुगेका छन्।
आफ्नो बख्तरबन्द रेलबाट किम रुसको खासन पुगेको रुसी सञ्चारमाध्यम तासले जनाएको छ। रुसी राष्ट्रपति पुटिनसँग भ्लादिभोस्तक सहरमा भेटवार्ता हुने सम्भावना छ। उनीँ खासनबाट ५–६ घण्टाको रेल यात्रामा भ्लादिभोस्तक सहर पुग्नेछन्।
क्रेमलिनले पुटिन र किमबीच छिट्टै भेटवार्ता हुने बताए पनि समय र स्थान भने सार्वजनिक गरेको छैन। किम हिजो अपराह्न प्योङयाङबाट रेलमा रुस प्रस्थान गरेका थिए। किमले आफ्नो विदेश यात्राका लागि बख्तरबन्द रेलको प्रयोग गर्दै आएका छन्।
चार वर्षपछि पहिलो पटक विदेश यात्रामा निस्किएका किमले रुसी राष्ट्रपति पुटिनसँगको भेटमा आफ्नो देशले उत्पादन गरिरहेको ब्यालेस्टिक मिसाइल बिक्रिबारे छलफल गर्ने बताइएको छ।
रुसले युक्रेनमाथिको आक्रमणमा उत्तर कोरियाली मिसाइल प्रयोगमा रुचि देखाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam