खानेपानी विभागका शाक्यलाई एक वर्षको कैद सजाय
काठमाडौं : गैरकानूनी सम्पत्ति आर्जनमा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर राजकुमार शाक्य दोषी ठहरिएका छन्।
विशेष अदालतले उनलाई मुद्दा दायर भएको तीन वर्षपछि आज दोषी ठहर गर्दै सजाय सुनाएको हो। विशेषका न्यायाधीशद्वय खुसीकुमार थारू र यमुना भट्टराईको संयुक्त इजलासले उनलाई एक वर्षको कैद सजाय सुनाएको उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार इजलासले २ करोड ४२ लाख ६३ हजार रुपैयाँ बिगो असुल हुन र सोही रकम बराबर जरिवानासमेत हुने फैसला सुनाएको छ।
२०७७ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको भन्दै शाक्यसमेत तीन जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो।
उनले आर्जन गरेको सम्पत्ति श्रीमती अल्का शाक्य र भाञ्जी नाता पर्ने प्रभा शाक्यमाथि खर्च गरेको भन्दै उनीहरूलाई समेत प्रतिवादी बनाइएको थियो। शाक्यकी श्रीमती र भाञ्जीले भने सफाइ पाएका छन्।
२०४९ जेठबाट सार्वजनिक सेवामा प्रवेश गरेका शाक्यको २०७६ फागुनसम्मको सम्पत्ति जाँच गर्दा वैध आय एक करोड ६१ लाख ७३ हजार रुपैयाँ हुनुपर्ने थियो तर उनले १२ करोड ३९ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति भेटिएको थियो। यसरी १० करोड ७७ लाख रुपैयाँभन्दा बढी रकमको वैधानिक स्रोत नखुलेपछि अख्तियारले मुद्दा चलाएको थियो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam