आतंकवादी हमलामा ३ सुरक्षा अधिकृतसहित ५ जनाको मृत्यु
काठमाडौं : भारतको जम्मु–कश्मिर स्थित अनन्तनाग जिल्लामा आतंकवादी समूहसँगको झडपमा तीन सुरक्षा अधिकृतसहित ५ जनाको मृत्यु भएको छ।
एक सैन्य जवान बेपत्ता भएका छन् । मृत्यु हुनेमा सेनाका कर्णेल मनप्रीत सिंह, मेजर आशीष धोनैक र कश्मीर प्रहरीका नायब उपरीक्षक हुयायु भट्ट छन्।
आक्रमणको जिम्मा लस्कर–ए तोएबासँग आबद्ध प्रतिबन्धित समूह रेजिस्टेन्ट फ्रन्टले लिएको भारतीय अधिकारीहरुले जनाएका छन्। यो समूहले गत अगस्ट महिनामा गुलगाम जिल्लामा गरेको आक्रमणमा तीन सैनिक मारिएका थिए।
यसअघि मंगलबार राजौरी जिल्लामा भएको कारबाहीका क्रममा दुई आतंककारी र एक सैनिकको मृत्यु भएको थियो। भारतीय समाचार एजेन्सीहरुका अनुसार पछिल्लो तीन वर्षमा आतंककारी समूहबाट भएको यो सबैभन्दा ठूलो आक्रमण हो।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam