एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव गुरुङले छाडे पार्टी
काठमाडौं : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी सचिव राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले आफू स्वतन्त्र वामपन्थी बनेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्,‘आजबाट स्वतन्त्र वामपन्थी, आहा क्या टाउको हलुङ्गो।’ उनी एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए।
गत प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ बाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो। उनले केन्द्रीय समितिले कार्य विभाजनमा असन्तुष्टि जनाएको बताइएको छ। एकीकृत समाजवादीले बिहीबार नेताहरुको कार्यविभाजन हेरफेर गरेको थियो।
गुरुङले रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादवलाई पार्टी छाडेको समेत जानकारी गराएको बताइएको छ। यादवले आफूलाई फोन गरेर गुरुङले पार्टी छाडेको बारेमा जानकारी बताएका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam