प्रदर्शनमा एकलाखभन्दा बढी शिक्षक जम्मा भएको दाबी
३ असोज, काठमाडौं : नेपाल शिक्षक महासंघको आन्दोलनले देशभरको पठनपाठनमा प्रभावित हुने देखिएको छ। महासंघले आजदेखि विद्यालय बन्द आह्वान गरेर काठमाडौं माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेको छ।
शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले एक लाखभन्दा बढी शिक्षकहरू आन्दोलनमा सहभागी भएको जानकारी दिए। अधिकांश शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका छन्।
सम्बन्धित स्थानीय तहले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिए पनि शिक्षकहरू मान्न तयार छैनन्। ‘स्थानीय तहले भन्दैमा हामी मान्नुपर्ने हो,हामी मान्दैनौँ,हाम्रो हकहितका लागि लड्न पाउँछौँ,’महासचिव सुवेदीले भने।
संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक परिमार्जन गरेर मागहरू सम्बोधन गरिनुपर्ने उनीहरूको माग छ। यतिखेर माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म आन्दोलन गरिरहेका छन्। सरकारले वार्तामा बाेलाए पनि उनीहरू सहभागी भएनन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam