आठ वर्षअघिको नाकाबन्दी सम्झिँदै ओलीले लेखे– देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ
६ असोज, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आठ वर्षअघि भारतले नेपालमा नाकाबन्दी गरेको सम्झना गर्दै देशलाई आत्मनिर्भर बनाउने अभियान छाड्न नहुने बताएका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमा ‘इतिहासमा आज!’ शीर्षकमा उनले असोज ६ गतेको सम्झना गरेका हुन्। ‘आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु’, उनले लेखेका छन्, ‘अस्पतालमा अक्सिजन,औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो । इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौँ। देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब छ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं।’
उनले यस्ता घटनाले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिने उनले बताएका छन्। ‘कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ’, उनले भनेका छन्, ‘जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन।’
संविधानसभाबाट असोज ३ गते संविधान जारी भएपछि भारतले नेपालमा नाकाबन्दी लाएको थियो।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam