चीनसँग जोडिएका डोल्पाका दुई नाका खुला
८ असोज, सुर्खेत : चीनसँग जोडिएका डोल्पाका दुई नाका खुला गरिएको छ। चिनियाँ दूतावासले डोल्पाको सिमानासँग जोडिएका दुई नाका खुला भएको एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण भइरहेको समयमा डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको दुई नाकाहरु खुला गरिएको हो।
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने खुङ्ला नाका र डोल्पोबुद्ध र छार्का ताङ्सोङ गाउँपालिकामा पर्ने मर्युम नाका खुला गरिएको छ। डोल्पाको सिमानामा रहेका नाका खुला गर्नको लागि कर्णाली प्रदेशका प्रदेशसभा सदस्य एवम् पूर्वपर्यटनमन्त्री वीरबहादुर शाही लगायतको टोलीले केही दिनअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको थियो।
नाका खुला भएसँगै भन्सारसमेत खोल्ने विषयमा व्यापक छलफल भएको पूर्वमन्त्री शाहीले जानकारी दिए। त्यस्तै भौगोलिक हिसाबले सदरमुकाम दुनैभन्दा धेरै टाढा रहेको उपल्लो डोल्पामा इलाका प्रशासनदेखि सीमा क्षेत्रमा सुरक्षा क्याम्प स्थापना गर्ने विषयमा समेत प्रधानमन्त्रीसँग व्यापक छलफल भइरहेको पूर्वमन्त्री शाहीले जानकारी दिए।
पल्लो डोल्पाका नाका खुलेसँगै डोल्पामा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा, कटुको, पाँचऔँले जस्ता जडीबुटी बिक्री गर्न सहज हुने बताइएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam