असुरक्षित भएको भन्दै चिकित्सक संघले बोलायो विस्तारित बैठक
काठमाडौं : डाक्टरहरूमाथि कार्यस्थलमै हातपात हुन थालेपछि असुरक्षा बढेको भन्दै नेपाल चिकित्सक संघले बैठक बोलाएको छ।
भावी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिक भूमिकाका लागि भोलि बुधबार दिउँसो १ बजे संघको केन्द्रीय कार्यालयमा विस्तारित बैठक बस्न लागेको संघका महासचिव डा.सञ्जिव तिवारीले बताए।
बैठकमा अस्पतालका निर्देशकहरू, संघका पूर्वपदाधिकारी, शाखा कार्यालयका अध्यक्ष एवं सचिवहरू,आवासीय चिकित्सक एशोसियसनका पदाधिकारीहरूलाई बोलाइएको महासचिव तिवारीले जानकारी दिए।
पोखरामा सोमबार चिकित्सकमाथि भएको लाठीचार्ज तथा हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास भएको भन्दै संघले अविलम्ब दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।
संघले मंगलबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय हेटौंडा, बुटवल, लमजुङ, मणिपाल कलेज पोखरा, विराटनगर, बगौडा अस्पताल चितवन, पाटनलगायतमका अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणले आफूहरू नियमित सेवा प्रवाह दिन नसक्ने अवस्थामा पुगेको उल्लेख गरेको छ।
सोमबार मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा भेन्टिलेटरमा राखेको विरामीको मृत्यु भएपछि मृतकका आफन्तले आवासीय चिकित्सकमाथि आक्रमण गरेका थिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam