बोर्डमा बसेका खुम्लेकिराले विकास गर्न दिएनन् : मन्त्री किराँती


१० असोज, काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन बोर्डभित्र खुम्लेकिरा रहेको टिप्पणी गरेका छन्।

बुधबार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन बोर्डभित्र खुम्लेकिरा भएका कारण पर्यटन क्षेत्र चलायमान बन्न नसकेको बताएका हुन्। उनले पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवद्र्धनको निम्ति अघि बढ्ने प्रतिबद्धता जनाए।

उनले कालोसूचीलाई हटाएर पर्यटकलाई विश्वसनीयता बनाउनको निम्ति काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोशिस भइरहेको बताए।

उनले निगमद्वारा जहाज खरिद गर्ने अन्तिम चरणतिर रहेको पनि बताए। उनले धेरैभन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रिया अघि बढाएको भन्दै जहाज खरिदको विषयमा नकारात्मक ढंगले टिप्पणी गर्नेहरु देशभक्त हुन नसक्ने बताए।

उनले भने, ‘हाम्रो देशको आकाशको कालोसूचीलाई हटाएर पर्यटकलाई विश्वसनियता बनाउनको निम्ति केही कदमहरु हामीले उठाइसकेका छौँ। हामी छिटै परिणाममा पुग्नेछौँ।’ पर्यटन ऐन नहुँदा पर्यटन क्षेत्रमा समस्या थपिएको बताए।

TOP